काठमाडौ – सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले आज छापा मारेको छ ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो ।समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए । शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।
समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाण्डुको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला सुन बरामद भएको थियो । अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोवार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद गरेको थियो ।
अग्रवाल फरार सूचीमा छन् । उनी भारतमा लुकेर वसेको प्हरीले आशंका गरेको छ ।